Jangi Adda, Bhadrakali, Kathmandu
ktft-adm@nepalarmy.mil.np
+977 01-4215328
  • काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग सडक आयोजना
    Kathmandu-Terai/Madhesh Fast Track
    (Expressway) Road Project
  • Awesome Logo
  • Nepali army logo
LATEST NEWS
आयोजनाको KTFT Bulletin Volume-2 प्रकाशन गरिएको

यस काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग सडक आयोजना सम्बन्धी हालसम्म भएका निर्माण कार्यहरुको प्रगति स...

आ.व. ०७८/७९ को ठेक्का बन्दोबस्ति प्याकेज न. ३ र ५ को मूल्याङ्कनको कार्य भइरहेको ।

यस आयोजनाको समष्टिगत कार्ययोजना अनुरुप आ.व. ०७८/७९ को ठेक्का बन्दोबस्ति प्याकेज न. ३ र ५ को मि...

आयोजना कार्यालय र चाइनिज कम्पनीहरु बीच बोलपत्र सम्झौता सम्बन्धि जानकारी.

१.    काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको उच्च प्राथमिकतामा रहेका सुरुङ...

KTFT JOURNAL UNVEILED

Chief of the Army Staff (COAS) General Purna Chandra Thapa unveiled the "KTFT Journal&quo...

VIEW ALL NEWS
आयोजना कार्यालय र चाइनिज कम्पनीहरु बीच बोलपत्र सम्झौता सम्बन्धि जानकारी.

१.    काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको उच्च प्राथमिकतामा रहेका सुरुङ्ग निर्माण खण्ड अन्तर्गत पहिलो प्याकेज KTFT/ICB/WORKS/TUNNEL/077/78/1 को China State Construction Engineering Corp. Ltd., China र दोश्रो प्याकेज KTFT/ICB/WORKS/TUNNEL/077/78/2 को Poly Changda Engineering Co. Ltd., China कम्पनीहरु र यस आयोजनाबीच मिति २०७८/०१/३१ (तदनुसार १४ मे २०२१) गते सम्झौता सम्पन्न भएको   ।

२.    उक्त सम्झौता पत्रमा यस आयोजनाको तर्फबाट आयोजना प्रमुख प्रा.स.र.बिकाश पोखरेल र China State Construction Engineering Corp. Ltd., China को तर्फबाट Executive Director Su Yan ले तथा Poly Changda Engineering Co. Ltd., China को तर्फबाट Project Manager Ms. Xu Tingyu Barbara ले दुबै तर्फका पदाधिकारीहरु सहितको उपस्थितिमा हस्ताक्षर गर्नु भएको ।

३.    पहिलो प्याकेज KTFT/ICB/WORKS/TUNNEL/077/78/1 को सम्झौता रकम मु.अ.कर सहित रु. २१,६१,५३,६९,३६१/०० (एक्काइस अर्व एकसठ्ठी करोड त्रिपन्न लाख उन्नसत्तरी हजार तीन सय एकसठ्ठी) रहेको तथा दोश्रो प्याकेज KTFT/ICB/WORKS/TUNNEL/077/78/2 को सम्झौता रकम मु.अ.कर सहित रु.२८,५३,८२,४५,४३१/०० (अठ्ठाईस अर्व त्रिपन्न करोड बयासी लाख पैतालिस हजार चार सय एकतीस) रहेको ।

४.    उल्लेखित दुई कम्पनीहरुले EPC (Engineering Procurement and Construction) मोडेलमा दुवै प्याकेजहरुको सम्पूर्ण कार्य प्रारम्भ भएको मितिले  ६ महिना डिजाईन र ३ बर्ष निर्माण कार्य गरी आ.व. २०८०/८१ सम्म समाप्त हुनेछ ।

 

Bulletin